कृषिमन्त्रीको राजीनामा माग गर्दै कालीमाटीमा प्रदर्शन

कृषिमन्त्री वेदुराम भुषालको राजीनमा माग्दै कालिमाटीमा प्रदर्शन भएको छ ।

नौ वटा किसान संघसंगठनसँग आवद्ध राष्ट्रिय किसान सञ्जालले सोमबार कालिमाटी तरकारी बजारमा मन्त्री भुषालको राजीनमा माग्दै प्रदर्शनका गरेका हुन् ।

उनीहरूले कालिमाटी तरकारी बजारका सटर पुनः भाडामा दिने सम्झौता खारेजीको माग राखेका छन् ।

उनीहरुले तरकारी बजारका सटर र स्टलहरु खुल्ला प्रतिस्पर्धाका अधारमा भाडामा लगाउनुपर्ने, विना प्रतिस्पर्धा भाडामा दिने सम्झौता खारेज गर्नुपर्ने, ५० प्रतिशत सटर र स्टलहरु उत्पादक किसानलाई छुट्याउनुपर्ने लगायतका माग राखेका छन् ।

कृषि समाचार