चित्लाङ जाँदै गरेको भ्यान दुर्घटना अपडेटः२को मृत्यु

हेटौंडा । शुक्रवार दिउसो मकवानपुरको चित्लाङ जाँदै गरेको भ्यान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। थानकोटबाट चित्लाङ जाँदै गरेको वा १० च ३५४६ नम्बरको मारूती भ्यान चन्द्रगरी नगरपालिका पानीघाट नजिक भिरमा खसेको थियो।
दुर्घटनामा मृत्यु हुनेमा सिन्धुली घर भएका २० वर्षीय नवराज ठोकर तामाङ र काभ्रे घर भएका ४५ वर्षका अनिल तामाङ रहेको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन्। गाडीमा पाँच जना सवार रहेकोमा ३ जनालाई सकुशल उद्धार गरिरएको डिएसपी अधिकारीले बताए। गाडी सडकबाट पाँच सय मिटर तल सडकमा खसेर क्षतविक्षत भएको छ। उद्घार गरेर अस्पताल पुयाइएको अवस्थामा उपचारको क्रममा ज्यान गएको हो । अन्यको उपचार भइरहेको छ ।

समाचार