भदौ २२ गते सार्वजनिक विदा दिने बागमती प्रदेश सरकारको निर्णय

बागमती प्रदेश सरकारले यही भदौ २२ गते प्रदेशको विभिन्न जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले चेपाङ समूदायले मनाउँदै आएको न्वागी पर्वको अवसरमा यही भदौ २२ गते प्रदेशको तीन जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको सकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार, उक्त दिन प्रदेशको मकवानपुर, धादिङ र चितवन जिल्लामा सार्वजनिक विदा दिने भएको हो ।

प्रदेश समाचार बागमती प्रदेश