नेपाल रेडक्रसको स्थापना दिवसमा हेटौंडा उपशाखाद्वारा वक्तृत्वकला प्रतियोगिताको आयोजना

नेपाल रेडक्रस सोसाइटीको ६१ औ स्थापना दिवशको अबसरमा नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाको आयोजनामा ४ नं वडाका बिधालय स्तरिय वक्तृत्वकला प्रतियोगिता श्रमिक माबी हेटौंडाको सभाहलमा सम्पन्न भएको छ ।

नेपाली समाजमा : रेडक्रस बिषयक वक्तृत्वकला प्रतियोगितामा ब्रम्हदिक एकेडेमीकी प्रीयान्सु पोखरेल प्रथम, नबोदय शिशु सदनकी दर्शना सापकोटा द्वितीय
नबोदयकै बिदुषी हुमागाइ तृतिय तथा श्रमिक माबीकि प्रगती माली सान्त्वना भएका थिए ।

हेटौंडा उपमहानगरपालिका ४ नं वडाका अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता एवं नेपाल रेडक्रस सोसाइटी मकवानपुरका मन्त्री शुमित्रा काफ्ले र उपमन्त्री शिबहरि दाहालको बिशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा रेडक्रस मकवानपुरका कार्यालय प्रमुख लक्ष्मण भट्टराई, पुर्व कोषाध्यक्ष पिताम्बर बास्तोला, श्रमिक माबिका प्रअ श्रीराम दाहाल, प्राध्यापक मनोज पोखरेल, उपशाखाका कोषाध्यक्ष सिताराम दाहाल, उपसचिव केदार ढोडारी, उपकोषाध्यक्ष अभि मैनाली लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम  नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति किशन घिसिङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो ।

मुख्य समाचार शिक्षा समाचार समाज स्थानीय