हातेमालोको १७ औं साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः पौडेल चयन

२३ भाद्र,मकवानपुर- हेटौंडा २ सङ्गमचोकमा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा शनिबार हेटौंडामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरि प्रसाद पौडेलको सभाध्यक्षता तथा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो ।
सभामा सहकारीले विभिन्न विधामा शेयर सदस्यहरुलाई सम्मान गरेको छ । सहकारीले जेष्ठ शेयर सदस्यतर्फ दीलानाथ नेपाल र भक्त कुमारी खड्कालाइ दोसल्ला ओढाएर सम्मान गरेको थियो । त्यस्तै, नियमित बचत तर्फ कल्पना देवी दाहाल र गोविन्द बहादुर थापा, असल ऋणितर्फ भेष बहादुर घले र वसन्त बहादुर दर्लामीलाइ सम्मान गरिएको छ ।
सभामा संस्थामा धेरै सदस्य सिफारिस गर्ने दीपेन्द्र यादव र उत्कृष्ट कर्मचारी तर्फ बकैया सेवाकेन्द्रका जुनियर कार्यालय सहायक विजय दोङलाइ सम्मान गरिएको थियो । कार्यक्रममा एसईइ परीक्षामा उत्कृष्ट अङ्क ल्याउने सामुदायिक र संस्थागत विद्यालयका १/१ छात्रछात्रालाई र १२ कक्षामा उत्कृष्ट अङ्क ल्याउने १/१ छात्रछात्रालाई पुरस्कृत गरिएको थियो ।
संस्थाले आव ०७९/०८० मा ६५ करोड ४७ लाख ९० हजार ३३४ रुपैयाँको कारोबार गरेको छ । ६ करोड २८ लाख ५९ हजार पाँच सय शेयर पुजी रहेको सहकारीले ४३ करोड ७५ लाख २३ हजार ५९ रुपैयाँ बचत निक्षेप रहेको छ । सहकारीले शेयर सदस्यलाई ५२ करोड १५ लाख ९३ हजार ६२१ रकम कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक रमला कुमारी सापकोटाले बताउनु भयो । उहाँका अनुसार संस्थामा संस्थागत पुजी ३ करोड ४९ लाख ४३ हजार रहेको र २ हजार ५६१ शेयर सदस्य रहेका छन् ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीना चौरेल, संस्थाका पुर्व अध्यक्ष नुर प्रसाद गौतम, नेफ्स्कुन फिल्ड कार्यालय मकवानपुर उपसमिति सदस्य राजेन्द्र प्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंक हेटौंडा प्रमुख रामेश्वर अर्याल, सल्लाहकार डा.गणेश लामा, नमुना प्रगति साकोसका अध्यक्ष मिठ्ठाराम दाहाल, नेफ्स्कुन फिल्ड ईन्चार्ज ज्योति महत, संस्थाका लेखा समिति संयोजक रविन्द्र प्रसाद सिग्देल लगायतकाको आतिथ्यता रहेको थियो ।
संस्थाको अध्यक्षमा पुनः पौडेल

संस्थाको शनिबार सम्पन्न साधारणसभाबाट पुनः हरि प्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । समितिको उपाध्यक्षमा केशव प्रसाद धिताल, सचिवमा सीताराम दाहाल, कोषाध्यक्षमा दीपक प्रसाद दाहाल चयन हुनुभएको छ ।
त्यस्तै समितिको सदस्यहरुमा सुलोचना सापकोटा, नवराज चौलागाई, किशोर बर्तौला, प्रमिला अर्याल , सानी कान्छी बरुवाल चयन भएका छन् ।
संस्थाको लेखा समितिमा नारायण रेग्मीको संयोजकत्वमा तीन समिति चयन गरिएको छ । समितिको सदस्यमा विनोद घिमिरे र रेखा रिजाल चयन भएका छन् ।

मुख्य समाचार समाचार सहकारी