हेटौंडामा अत्याधुनिक सैलुन सञ्चालन

४ भाद्र,मकवानपुर- बागमती प्रदेशको राजधानी हेटौंडामा अत्याधुनिक सेवा सुविधा सहित डिलक्स युनिसेक्स सैलुन सञ्चालनमा आएको छ । हेटौंडा ४ अजरअमररोडमा नबिल बैंक रहेको घरमा यस सैलुन सञ्चालनमा आएको हो ।

सैलुनमा महिला तथा पुरुषहरुका लागि हेयर ,मेकअप, स्कीन र नेल लगायतका सेवाहरु पाइने सञ्चालक हरि प्रसाद चौलागाई र सुभद्रा हुमागाँईले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । मेशिनरी सामानहरु कैची, काइयो, ब्लेट लगायतका सामाग्रीहरुलाई निर्मलीकरण गरेर मात्र प्रयोग गरिने गरि सेवा उपलब्ध हुने चौलागाईले बताउनु भएको छ ।

विहीबार पत्रकार सम्मेलन गर्दै चौलागाइले स्वास्थ्यलाई मध्यनजर गरी सामान्य शुल्कमा स्तरीय सेवा दिइने उद्देश्यले सञ्चालनमा आएको सैलुनमा कपाल, दाह्री, क्लेजिङ, थ्रेडिङ लगायत व्युटिपार्लर सम्बन्धी सम्पुर्ण किसिमका सेवाहरु उपलब्ध हुने बताउनुभयो । ६० लाख रुपैयाँ लगानीमा १२ जना तालिम प्राप्त दक्ष कर्मचारीहरुद्धारा सेवा प्रदान गरिने र विस्तारै प्रविधिमैत्री सुविधाहरु थप्दै जाने चौलागाईंले बताउनु भएको छ ।

मुख्य समाचार समाज