नमूना प्रगति साकोसका नवनिर्वाचित समितिले लिए सपथ

३ असोज,हेटौंडा- हेटौंडामा रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लि.का नव निर्वाचित सञ्चालक समिति र लेखा समितिका पदाधिकारीहरुले बुधबार एक कार्यक्रमका बीच पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् । सहकारीको गत भदौं ३० गते भएको २३ औँ साधारणसभाबाट नयाँ सञ्चालक समिति र लेखा समितिको चयन भएको थियो ।

सहकारीको निर्वाचन समितिको संयोजक बद्री प्रसाल लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सहकारी बिकास बोर्डका उपाध्यक्ष एवम् मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देबकोटोको प्रमुख आतिथ्यता रहेको थियो ।

सहकारीका नव निर्वाचित समितिलाई प्रमुख अतिथि देवकोटाले प्रमाणपत्र बितरण गर्नुभएको थियो भने निर्वाचन समिति का संयोजक लम्सालले पद तथा गोपनियताको सपथ गराउनुभएको थियोे । सहकारीको गत भाद्र ३० गते सम्पन्न साधारणसभाले आगामी ४ बर्षिय कार्यकालको लागि संचालक समिति तथा लेखा समिति निर्विरोध निर्वाचित गरेको थियो ।

समितिको अध्यक्षमा पुनः मिठाराम दाहाल निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा एकालाल श्रेष्ठ, सचिवमा रामजी सापकोटा, कोषाध्यक्षमा केशव प्रसाद देवकोटा निर्बिरोध निर्वाचित भएका थिए । यसैगरी सदस्यहरुमा बलराम दुलाल, रमेशप्रसाद घिमिरे, शिबराज पराजुली, कृष्णप्रसाद दहाल, अर्जुनकुमार खड्का, नारायणप्रसाद ढकाल, शिवहरी दाहाल, सरिता शर्मा र कमला देवी दहाल निर्बिरोध निर्वाचित भएका छन् ।

त्यस्तै सहकारीको लेखा समिति संयोजकमा तेजप्रसाद रुपाखेती र सदस्यहरुमा प्रकाश अधिकारी र गीता सुवेदी पनि निर्बिरोध निर्वाचित भएका थिए ।

सपथ ग्रहण तथा प्रमाण पत्र बितरण कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघका ब्यवस्थापक गोबिन्द दाहाल, शिक्षकहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सीताराम दाहाल, संस्थाका ब्यवस्थापक बद्री प्रसाद भण्डारीको आतिथ्यता रहेको थियो । निर्वाचन समितिका सदस्य नुर प्रसाद गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा अर्का सदस्य बिरेन्द्र प्रसाद ढुंगानाले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

मुख्य समाचार समाचार समाज सहकारी