३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

 

नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा गत शुक्रवार देखि सुरु भएको ३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी कार्यक्रम सनिवार सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी हटिया उपशाखाको ब्यबस्थापन तथा युवा रेडक्रस सर्कल बालबोध माबी हटियाको आतिथ्यतामा आयोजित गोष्ठी १३ बुदे बालबोध घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री तथा जिल्ला जुनियर/ युवा समितीका संयोजक शिबहरि दाहालको अध्यक्षतामा शुक्रवार भएको कार्यक्रमको उद्घाटन बागमती प्रदेशका सामाजिक बिकाश मन्त्री कुमारी मोक्तानले गर्नुभएको थियो ।

गोष्ठीमा मकवानपुर जिल्लाका १०० बटा सामुदायिक तथा संस्थागत बिधालय एवं समुदाय स्तरमा गठित जुनियर एवं युवा रेडक्रस सर्कलका प्रतिनिधि तथा शिक्षक नायकहरु गरि ३५० जनाको उपस्थिति रहेको थियो ।

गोष्ठीमा जुनियर युवा सर्कलको गरेको बार्षिक कार्यक्रमको समीक्षा गरि  २०८०/८१ को बार्षिक कार्ययोजना निर्माण, हाजिरीजवाफ प्रतियोगिता, रेडक्रसका अधारभुत ७  सिदान्तको नाटक प्रदर्शन गर्दै  नेतृत्व बिकाश, रेडक्रस अभियान, डेङ्गु सचेतना र बिपद ब्यबस्थापनको कार्यशालाको आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री शिबहरि दाहालले जानकारी दिनुभयो ।

गोष्ठीले ३६ औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी भुटनदेबी माबीको आतिथ्यमा २०८१ मंसिर महिनामा आयोजना गर्ने निर्णय गर्दै भुटनदेवि माबिका शिक्षक नायक षडानन्द चौलागाईंलाई  रेडक्रसको झन्डा हस्तान्तरण गरेको छ ।

समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका अध्यक्ष भोला रुपाखेती, मकवानपुर शाखाका मन्त्री शुमित्रा काफ्ले, उपकोषाध्यक्ष मंगल रखाल, सदस्य कृष्ण सापकोटा, पुर्ब उपसभापति उमेश बास्कोटा, पुर्बमन्त्री पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराइ, हटिया उपशाखाका सभापति राजकुमार बास्तोला, बालबोध माबीका प्रअ दिपकलाल श्रेष्ठ, उपशाखा सचिब मोहनचन्द्र चौलागाईं लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

बागमती प्रदेश मुख्य समाचार समाचार समाज स्थानीय