बागमती प्रदेश सभाको बैठक आज बस्ने

बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ । यसअघि पटक–पटक समय तोकिएपनि स्थगित भएको प्रदेश सभा आज बस्ने भएको प्रदेश सभा सचिवलायले जनाएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार, बैठक आज अपराह्न ४ बजे बस्ने बस्ने गरी आह्वान गरिएको हो । सोमबार स्थगित भएको प्रदेश सभा मंगलबार बस्ने भनिएपनि विशेषकारण देखाउँदै आजसम्मका लागि स्थगित गरिएको थियो ।

सोमबार साँझ बसेको प्रदेश सभाको दोस्रो बैठकमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले केही दिनअघि पुर्नविचारको लागि फिर्ता पठाएको प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पुनः छलफलका लागि सभामुख भुवनकुमार पाठकले आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामालाई सभामा पेश गर्न समय दिएका थिए ।

सभामुख पाठकले समय दिएपछि मन्त्री लामाले सभामा उक्त विधेयक पेश गर्दै गर्दा प्रतिपक्ष दलका सांसदहरुले विधेयक पेश गर्नुअघि प्रदेश सभाका सदस्यहरुलाई सूचना नदिएको भन्दै विरोध जनाएका थिए ।

सभामुखले उनीहरुलाई पटक–पटक आ–आफ्नो आसन्नमा बस्न अनुरोध गरेपनि नमानेपछि बैठक १५ मिनेटका लागि स्थगित गरे । हिजै साँझ सरकार पक्ष र प्रतिपक्ष दलहरुको सांसदहरुबीच सहमतिको प्रयास गरिएपनि सहमति जुट्न नसकेपछि १५ मिनेटका लागि स्थगित भएको प्रदेश सभा बस्न सकेन ।

त्यसपश्चात प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले १५ मिनेटपछि बस्ने भनिएको प्रदेश सभा आज दिउँसो २ बस्ने बस्ने भनि सूचना निकालेका थिए ।

प्रदेश समाचार बागमती प्रदेश