डुमरवाना दुग्ध सहकारीको गत आ.व.को नाफा साढे ७७ लाख, उत्कृष्ट ४ कर्मचारीलाई सम्मान

मकवानपुर- बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाले गत आव २०७९/०८० मा साढे ७७ लाख नाफा कमाएको छ ।

२६ सय ८९ जना सेयर सदस्यहरू रहेको यस संस्थाले १६ वटा शाखाबाट दैनिक १२ हजार लिटर दुध संकलन गरिरहेको छ भने ४३ जनालाई प्रत्यक्ष रोजगारी दिएको संस्थाका सहायक ब्यवस्थापक अमर बहादुर वाईबाले बताउनुभयो ।

संस्थाको आफ्नै दुग्ध उद्योग रहेको छ । संस्थाले दैनिक संकलन गरेको दुधबाट प्रशोधित दुध, दहि , नौनी , घ्यू , पनिर लगायत उत्पादन गरी जितपुर , बिरगंज , हेटौंडा लगायतका शहरहरुमा बिक्री गर्दै आएको वाईबाले बताउनु भएको छ ।

साधारणसभाकै अवसर पारी संस्थाले ४ जना कर्मचारीलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा नवराज सुबेदि, दुर्गा अधिकारी, बिष्णु वस्ती र मुक्ती पाैडेल रहेका छन् ।

त्यसै गरि संस्थाको सो साधारणसभाबाट ४ वर्षका लागि नयाँ संचालक समिति र लेखा समिति चयन गरिएको छ । भेलाले संचालक समितिको अध्यक्षमा हाेमनाथ पण्डित र उपाध्यक्षमा नारायाण प्रसाद घिमिरे, सचिव सम्झना चौलागाइँ, कोषाध्यक्ष नीलकण्ठ सापकोटा, सर्व सम्मत चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा चित्रकला बराल, सीता काफ्ले, रामप्रसाद अधिकारी, कुमार पुरी, राजेन्द्रप्रसाद जम्कटेल, सुनिल मैनाली, खिना कटुवाल भट्टराई, नरबहादुर आले मगर र शिव कुमार कार्की रहेका छन् ।

यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा तेजप्रसाद चौलागाईँ चयन भएका छन् भने रमेश कुमार सापकोटा र सानु वर्तौला सदस्यमा सर्वसम्मत चयन भएका छन् ।

संस्थाका अध्यक्ष टिकाराम न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल रहनुभएको थियो । साधारणसभा गएको १५ गते शुक्रबार भएको हो ।

मदेश प्रदेश मुख्य समाचार समाचार समाज