सृजना दुग्ध सहकारीको वार्षिक कारोबार २ करोड २२ लाख

७ पौष,मकवानपुरगढी- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ बुङ्दलमा रहेको सृजना दुग्ध उत्पादक सहकारी संस्थाको २६ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष तिर्थराज लम्सालको सभाध्यक्षता तथा केन्द्रिय दुग्ध सहकारी संस्था लि का संचालक सदस्य बिदुर हुमागाईको प्रमुख आतिथ्यता एवम् जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष हरि प्रसाद कडेलको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाले आर्थिक वर्ष २०७९/०८० मा २ करोड २२ लाखको कारोबार गरेको अध्यक्ष द्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाले किसानहरुबाट वर्ष भरिमा १ करोड १४ लाख ६४ हजारको दुध खरिद गरेको छ भने १ करोड २५ लाख १८ हजारको दुध बिक्री गरेको छ ।

संस्थाले आफ्नो कार्यक्षेत्रको विभिन्न ४ ठाउँमा दुग्ध संकलन केन्द्र स्थापना गरि किसानहरुबाट दैनिक दुध संकलन गरिरहेको संस्थाका ब्यवस्थापक ज्ञान प्रसाद हुमागाईले बताउनुभयो ।

अर्थ समाचार सहकारी