धमिले कृषि सहकारीमा नयाँ नेतृत्व सर्वसम्मत,अध्यक्षमा तिमल्सिना र लेखा संयोजकमा लामिछाने

७ पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ देविडाँडामा रहेको धमिले कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

भेलाले आगामी चार वर्षे कार्यकालको लागि नयाँ नेतृत्व समेत सर्वसम्मत चयन गरेको छ । जस अनुसार संस्थाको संचालक समितिको अध्यक्षमा गोविन्द प्रसाद तिमल्सिना, उपाध्यक्षमा केशव प्रसाद रेग्मी,सचीवमा केदार पुडासैनी र कोषाध्यक्षमा संगिता बर्तौला चयन भएका छन् । त्यस्तै सदस्यहरुमा अर्जुन प्रसाद सापकोटा,बोजराज बजगाई, मोहननाथ ढकाल,शुसिला सापकोटा र सरला पुडासैनी रहेका छन् ।

त्यसैगरी लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा कृष्ण लामिछाने र सदस्यहरुमा कमला देवकोटा र सज्जा अधिकारी (ढुङ्गाना) चयन भएका छन् ।

निर्वाचित संचालक समिति तथा लेखा समितिलाई निर्वाचन उप समितिका संयोजक अर्जुन प्रसाद दहालले पद तथा गोपनियताको सपथ गराएका थिए ।

संस्थाका अध्यक्ष नवराज संजेलको अध्यक्षता तथा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष भागवत घिमिरे को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । संस्थाले आर्थिक वर्ष २०७९/०८० मा ४४ लाख एकासी हजारको कारोबार गरेको छ ।

भेलामा वडा नम्बर ३ का वडा सदस्य बिदुर हुमागाई , सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष निर्मला लम्साल , हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जानकी दाहाल , मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहाल , युथभिजन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिक्पाल तिमल्सिना, चुच्चेखोला सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष उमेश अधिकारी , संस्थाका संस्थापक अध्यक्ष अनिरुद्र दाहाल , विभिन्न टोलविकास संस्थाका अध्यक्ष , इलाका प्रहरी कार्यालय मकवानपुरगढी मक्रान्चुलीका प्रतिनिधि, पत्रकार लगायतकाको उपस्थिति रहेकोे थियो ।

मुख्य समाचार समाचार सहकारी स्थानीय