लुम्बिनीमा दुई मन्त्री नियुक्त, आज सपथ

हेटौंडा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्री नियुक्त गरेका छन् ।
मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी र प्यूठानका सरोज थापालाई मन्त्री बनाएका छन् । नवनियुक्त मन्त्रीहरुको सपथ आज बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार कृष्णा केसीलाई खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालय र सरोज थापालाई वन तथा वातावरण वा उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयमध्ये एक दिने तयारी भएको पनि प्रवक्ता पाण्डेले जनाएका छन् ।

प्रदेश समाचार राजनीति लुम्बिनी प्रदेश समाचार