मकवानपुरगढी दुग्ध उत्पादक विशिष्ठीकृत सहकारी संघको पाँचौ वार्षिक साधारणसभा सम्पन्न

मक्रान्चुली- मकवानपुरगढी दुग्ध उत्पादक विशिष्ठीकृत सहकारी संघको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहिवार संघको कार्यालय मकवानपुरगढी-३,कालिखोला (दाना उद्योग) मा भेला सम्पन्न भएको हो ।

संघका अध्यक्ष हरिकुमार हुमागाईको अध्यक्षता तथा केन्द्रिय दुग्ध सहकारी संघका संचालक सदस्य एवम् गाउँपालिकाका पुर्व अध्यक्ष बिदुर हुमागाई प्रमुख आतिथ्यतामा भेल भएको हो । भेलामा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३,४ र ५ का वडा अध्यक्षहरु भागवत घिमिरे , अर्जुन प्रसाद तिमल्सिना र दिपेश दाहाल , मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कडेल , बाग्मती प्रदेश कृषि सहकारी संघका संचालक सदस्य निर्मला लम्साल , वडा नम्बर ५ का पुर्व वडा अध्यक्ष जित बहादुर घिमिरे , मनकामना दुग्ध सहकारी संस्था लि. का पुर्व ब्यवस्थापक तथा समाजसेवी बलराम हुमागाई लगायतकाको कार्यक्रममा आतिथ्यता रहेकोे थियो ।

भेलामा सहभागीहरुले संघको दाना उद्योग नियमित संचालन नभएको भन्दै नियमित संचालन हुनुपर्ने बताएका थिए ।
भेलाले जनक रेग्मीको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको छ ।

मुख्य समाचार समाचार स्थानीय