मकवानपुरगढी गाउँपालिकाको हिउँदे अधिबेशन आज बुढीचौरमा हुँदै,बजेट संशोधनको तयारी

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाको हिउँदे अधिबेशन आज वडा नम्बर ८ को बुढिचौरमा हुने भएको छ ।

अधिवेशनमा बजेट संशोधन गर्ने तयारी गरिएको बुझिएको छ । पालिकाले चालु आर्थिक वर्षमा लिएको लक्ष्य भन्दा निक्कै कम राजश्व संकलन भए पछि केहि बजेट संसोधन गर्ने तयारी गरेको हो । सहमति कै आधारमा बजेट संशोधनको तयारी गरिएको विपक्षी नेता वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरेले बताउनुभयो ।

पालिकाले नदिजन्य पदार्थबाट सोचे अनुसार राजश्व उठाउन सकेको छैन । पालिकाले चालु आर्थिक बर्षमा ४ करोड रुपैया भन्दा बढी आन्तरिक राजश्व उठाउने लक्ष्य लिएको थियो तर लक्ष्यको आधा पनि राजश्व उठ्न नसकेको हो ।

यो अधिबेशनले बजेट रकमान्तरण गर्ने र आन्तरिक स्रोत बाट गर्ने कार्यक्रमको बजेट पनि कटौति गर्ने तयारी गरेको छ । पालिकाले चालु आर्थिक बर्षको लागि ६२ करोड २ लाख ५६ हजार रुपैयाको बजेट ल्याएको थियो ।

मुख्य समाचार समाचार स्थानीय