उत्तमको जन्मोत्सव कार्यक्रम मानवसेवा आश्रममा,आश्रितलाई एकछाकको भोजन

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुली निवासी उत्तम अधिकारीले आफ्नो २८ औं जन्मोत्सव कार्यक्रम हेटौंडा मयुरधापमा रहेको मानव सेवा आश्रममा मनाएका छन् । राष्टिय युवा संघ नेपाल मकवानपुरगढीका अध्यक्ष समेत रहेका अधिकारीले आफ्नो परिवार तथा साथीभाई सहित आश्रममै उपस्थित भएर आश्रममा आश्रित २२० जनालाई एक छाकको भोजन गराई जन्मोत्सव मनाएका हुन् ।

मानवसेवा आश्रम मार्फत मानवता प्रवर्द्दन महाअभियानको सेवालाई नजिकबाट महशुस गर्दै परोपकारी एवं मानवता प्रेमले आफु ओतप्रोत रहेको र आश्रमको सेवामा थप सहजता होस् भन्ने अभिष्ट राखि आश्रममै पुगी सहयोग गरिएको उनले बताएका छन् ।

होटलमा गई ठुला ठुला पाटी गरि पचासौं हजार खर्च गर्नु भन्दा थोरै भए पनि यस्ता सहयोगले आफुलाई आत्मासन्तुष्टी मिलेको उनको भनाई रहेको छ ।

उनले आफ्नो स्वाभिमान एवम नैतिकता माथि कहिले औंला उठन नदिने गरि सत्यको पक्षमा, अन्यायको विरुद्ध सदैव लड्दै ,हिजोको दिन भन्दा थप मेहनतका साथ अझ परिपक्वता फराकिलो बनाउदै आफ्नो लक्ष्यमा पुग्ने आट गर्ने वाचा गर्दै आफ्नो जन्मदिनमा शुभकामना दिने सबै प्रति धन्यवाद सहित आभार प्रकट गरेका छन् ।

रोचक समाचार समाज स्थानीय