कान्तिलोकपथमा दुर्घटना, ६ जना घाइते

हेटौंडा । हेटौंडा-काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथमा शनिबार विहान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
मकवानपुरगढी-२ मकवानपुरगढी दरबार नजिक सुमो र ट्रक ठक्कर खाँदा ६ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । यात्रु लिएर काठमाडौं जाँदै गरेको सुमो र काठमाडौंबाट हेटौंडा आउँदै गरेको ट्रक ठोक्किंदा घाइते भएकाहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेको र थप विवरण आउन बाँकी रहेको छ ।

समाचार समाज