सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता गरिदिन आग्रह रूससंग मन्त्री साउदको आग्रह

हेटौंडा । परराष्ट्रमन्त्री एनपी साउदले रुससँग रूसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन् ।
युगाण्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री साउद र रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनबीचको भेटघाटमा साउदले यस्तो आग्रह गरेका हुन् ।
भेटघाटमा उनले नेपाली नागरिकहरुलाई रूसी सेनामा भर्ना नलिन पनि आग्रह गरेका छन् ।
उनले केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेकाले रूसी सेनामा नेपाली नागरिक भर्ना नगर्न आग्रह गरे । युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरुको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन पनि मन्त्री साउदले आग्रह गरे ।
नेपालको आग्रहप्रति सकारात्मक प्रतिक्रिया दिंदै रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनले यसको पहल गर्ने जनाएका छन् ।

राजनीति समाचार