‘एक वडा, एक कृषि उत्पादन’ कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत

बागमती प्रदेश सरकारले ‘एक वडा, एक कृषि उत्पादन’ कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि जारी गरेको छ।

बिहीबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले समुदायमा आधारित उक्त कार्यक्रम कार्यान्वयन गर्न कार्यविधि २०८० लाई स्वीकृति दिएको हो।

बैठकले चेपाङ समुदायको विकासका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम, ज्येष्ठ नागरिक नीति र शैक्षिक छात्रवृत्ति निर्देशिका समेत स्वीकृत गरेको छ।

यस्तै बैठकले सञ्चार रजिस्ट्रारको कार्यालयका लागि भवन निर्माणको अनुरोध गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ताले जानकारी दिएका छन्।

बैठक प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको थियो।

प्रदेश समाचार बागमती प्रदेश राजनीति समाचार