बागमती प्रदेश – चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम गर्ने निर्णय

बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले चेपाङ समुदायको उत्थानका लागि महत्वपूर्ण मानिएका चिउरी र चमेरो संरक्षण गर्ने कार्यक्रम स्वीकृत गरेको छ।

बिहीबार बसेको बैठकले ‘एक वडा एक कृषि उत्पादन’ कार्यक्रम कार्यान्वयनको कार्यविधि, ज्येष्ठ नागरिक नीति, शैक्षिक छात्रवृत्ति निर्देशिकालगायत पारित गरेको छ।

यस्तै बैठकले सञ्चार रजिस्ट्रार कार्यालयका लागि भवन निर्माणको अनुरोध गर्ने निर्णयसमेत गरेको प्रदेश सरकारका प्रवक्ताले जानकारी दिए।

बैठक मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको थियो।

प्रदेश समाचार बागमती प्रदेश राजनीति समाचार