रिपोर्टर्स क्लब मकवानपुरले न्यौपाने र शर्मालाई नगदसहित सम्मान गर्ने

रिपोर्टर्स क्लब नेपाल मकवानपुरले सहिद बासुवेद घिमिरे स्मृति पत्रकारिता पुरस्कार २०८० बाट दुई जना पत्रकारलाई नगदसहित सम्मान गर्ने भएको छ ।

बुधबार बसेको कार्यसमिति बैठकले माघ १६ गते सहिद दिवसका दिन जनही ८ हजार ८ सय ८८ रुपैयाँ राशीको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त पुरस्कारबाट नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका पूर्व अध्यक्षसमेत रहेका लोकभावना पत्रिकामा आवद्ध नवराज शर्मा र बीमा पोष्ट अनलाइनका सम्पादक नवराज न्यौपानेलाई पुरस्कृत गर्न लागिएको संस्थाका अध्यक्ष बलराम पुडासैनीले जानकारी दिए ।

सो अवसरमा संस्थाका पूर्व अध्यक्ष सविन न्यौपाने र सामाजिक क्षेत्रमा योगदान पुर्याएको एउटा सामाजिक संस्थालाई समेत सम्मान गरिने जनाइएको छ ।

मुख्य समाचार समाचार समाज