नेपाली कांग्रेसले आज ७८औँ स्थापना दिवस मनाउँदै

काठमाडौं – नेपाली कांग्रेसले आज २०८० माघ १२ गते ७८औँ स्थापना दिवस मनाउँदैछ।

नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मितिलाई निहारेर कांग्रेसले प्रत्येक वर्ष स्थापना दिवस मनाउँदै आएको छ।

केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ। केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवाको उपस्थितिमा कार्यक्रम हुनेछ।

कांग्रेसले देशभर ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ। प्रतिनिधिहरूले वडास्तरसम्म पुगेर कार्यक्रम गर्नेछन्।

नेपालमा प्रजातन्त्र स्थापनामा ऐतिहासिक भूमिका निभाएको कांग्रेस नेपालकै सबैभन्दा पुरानो राजनीतिक दल हो।

मुख्य समाचार राजनीति समाचार