चिनियाँ उपमन्त्री हेयानको टोली आज नेपाल आउँदै

काठमाडौं – चीनको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयानको नेतृत्वमा एक प्रतिनिधिमण्डल आज नेपाल आउँदैछ।

उपमन्त्री हेयान नेतृत्वको प्रतिनिधिमण्डल आज बिहान ११:०० बजे नेपाल आइपुग्ने कार्यक्रम छ। उनीहरू बंगलादेश हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।

चार दिने नेपाल भ्रमणका क्रममा प्रतिनिधिमण्डलले राष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ।

अन्तराष्ट्रिय राजनीति समाचार