निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरमा पुनःबजगाईको अध्यक्षतामा समिति चयन

हेटौंडा- निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरको १३ औं वार्षिक साधारणसभा तथा सातौं जिल्ला अधिवेशन शनिबार हेटौंडामा सम्पन्न भएको छ ।

संघका अध्यक्ष बालकृष्ण बजगाईंको अध्यक्षतामा भएको भेलामा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार अग्रवालको प्रमुख आतिथ्यता रहेको थियो ।

संघको १३ औं वार्षिक साधारणसभा तथा सातौं जिल्ला अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

जसको अध्यक्षमा पुनः बालकृष्ण बजगाई चयन भएका छन् त्यस्तै उपाध्यक्षमा सुदीप तिमल्सिना , महासचिवमा रोशन सापकोटा, सचिवमा सुबास दाहाल, कोषाध्यक्षमा उद्धव देवकोटा र सहकोषाध्यक्षमा राहुल जालान चयन भएका छन् ।

त्यसैगरी नयाँ कार्यसमितिको सदस्यहरुमा प्रदीप तिवारी, जीवन ढकाल, सुरेश अर्याल र अमित श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, एसोसिएट तर्फको उपाध्यक्ष उज्ज्वल चौलागाई, बस्तुगत तर्फको उपाध्यक्ष राजु अधिकारी, निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरका पूर्व अध्यक्षद्वय मनोज जालान र रवि नेपाल लगायत विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

मुख्य समाचार समाचार समाज