सुवास अधिकारीको अध्यक्षतामा ‘मकवानपुरगढी क्रीकेट क्लब’ गठन

मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा सुवास अधिकारीको अध्यक्षतामा मकवानपुरगढी क्रीकेट क्लब गठन भएको छ।

शनिबार गठन गरिएको क्लबको उपाध्यक्षमा बिक्रम घिमिरे , सचीवमा रवीन्द्र बिक्रम सपकोटा र कोषाध्यक्षमा सुजन अधिकारी रहेका छन् ।

त्यस्तै क्लबको सदस्यहरूमा बिदुर हुमागाई , सुनिल पाख्रीन , अनिष न्यौपाने , सन्तोष न्यौपाने र राजन घिमिरे रहेका छन् ।

बच्चा देखि युवा अवस्थाका लागि यो खेल निकै मनपर्ने र उनिहरुमा लोकप्रिय हुँदै आईरहेकोले यस टिमले मकवानपुरगढीको समग्र क्रीकेट विकासमा नेतृत्वदायी भुमिका खेल्ने क्लबका सचीव रवीन्द्र बिक्रम सापकोटाले बताए ।

पछिल्लो समय पुरुषमा मात्र नभई यो खेलमा महिलाको पनि उत्तिकै रुचि बढेको पाईएको र त्यसै अनुसार विद्यालयहरुमा क्रीकेट खेलको अभ्यास गराईरहेको क्लबका अध्यक्ष सुवास अधिकारीले बताएका छन् । महिलाहरुको पनि क्रीकेट खेल्नका टिम तयार हुँदै गरेको उनको भनाई रहेको छ ।

खेल खेल्नका लागि आवश्यक खेलका सामाग्री तथा खेल मैदान नभएकाले स्थानीय सरकारसँग त्यसको ब्यवस्थापनका लागि अध्यक्ष अधिकारीले माग गरेका छन् ।

मकवानपुरगढीमा पछिल्लो समय फुटबल खेलको राम्रै विकास र प्रगति भइरहेका बेला क्रीकेट खेलमा पनि युवाहरुको रुचि बढेको हो ।

खेलकुद रोचक समाचार समाज स्थानीय