मकवानपुरगढी-२ को शिखरकटेरीमा आँखा शिविर सम्पन्न,१६१ जनाको आँखा परीक्षण

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको स्वास्थ्य चौकी शिखरकटेरीमा शनिबार १ दिने आँखा शिविर सम्पन्न भएको छ।

मकवानपुरगढी गाउँपालिकाको आयोजना तथा लायन्स क्लब हेटौंडाको समन्वय साथै हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर भएको हो ।

शिविरमा १६१ जनाले आँखा परीक्षण गराएका छन । जस मध्ये २५ जनामा मोतिविन्दुको समस्या देखा परेको र उनिहरुको यही माघ २४ गते हेटौंडा सामुदायिक आँखा अस्पतालमा निशुल्क अप्रेसन हुने मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारी दिनुभएको छ ।

आज भएको सो शिविरमा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले पनि आँखा परिक्षण गराउनु भयो।

कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष बखान सिंह पाख्रीन र वडा सदस्यहरु,मकवानपुरगढी स्वास्थ्य चौकी प्रमुख नवराज सुवेदी सहितको टिम,महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लगायतकाको उपस्थिति रहेको थियो ।

साथै यहि माघ २२ गते मकवानपुरगढी गाँउपालिकाको वडा नम्बर ८  बुढीचौरमा पनि शिविर हुने कार्यक्रम रहेको स्वास्थ्य प्रमुख लामिछानेले बताउनुभयो

रोचक समाचार समाज स्थानीय स्वास्थ्य