त्रिभुवन विमानस्थलमा कार्यरत डीआईजी चन्दद्वारा राजीनामा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् । प्रहरी नायव महानिरीक्षक चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन् ।
डीआईजी चन्दले व्यक्तिगत कारणले शुक्रबार राजीनामा दिएको बताएका छन् । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बिचको विवाद छानबिन गर्न गठित समितिले गरेको सिफारसप्रति असन्तुष्टीका कारण राजिनामा आएको स्रोतको दावी छ ।
उनले वैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए । ३० वर्षे सेवा अवधिअनुसार २०८१ चैतसम्म कार्यकाल रहेको थियो ।

समाचार समाज