मकवानपुरगढीमा क्षयरोग सम्बन्धि अर्धबार्षिक समिक्षा

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा संचालित क्षयरोग कार्यक्रमको आर्थिकवर्ष २०८०/०८१ को अर्धबार्षिक समीक्षा तथा कोहर्ट विश्लेषण कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष मान कुमारी पाख्रीन नेपालीको विशेष आतिथ्यतामा भएको कार्यक्रम पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा गाउँपालिकाको ८ वटा स्वास्थ्य संस्थाबाट क्षयरोग फोकल पर्सन र २ जना ल्याव असिस्टेन्ट ,स्वास्थ्य शाखा क्षयरोग फोकल पर्सन, जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान कार्यक्रमका फिल्ड कर्मचारी लगायतकाको सहभागिता रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।

सो कार्यक्रमको स्वास्थ्य कार्यालय मकवानपुरका क्षय कुष्ठ अधिकृत ठाकुर पौडेल, सहयोगी संस्था जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान कार्यक्रमका जिल्ला कार्यक्रम अधिकृत तुलसी गौतम र मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य संयोजक ध्रुव प्रसाद लामिछानेले सहजीकरण गर्नुभएको थियो ।

चालु आर्थिकवर्षको पहिलो छ महिनामा १३ जना क्षयरोगी पहिचान भएर उपचार रत अवस्थामा रहेका र १ जना भने डिआर टिबि को विरामी समेत उपचार रत अवस्थामा नै रहेको लामिछानेले बताउनुभयो ।

सबै संस्थाहरुको क्षयरोगको तत्थ्याङ्क ईटिबि मा प्रविष्ट गर्ने, कार्यक्रम सम्बन्धी आइपरेको समस्या छलफल गरि समाधान गर्ने, कार्यक्रम प्रभावकारी बनाउन शंकास्पद टोलमा नै ल्यावको टोली सहित परिचालन गरि लुकेर बसेका रोगी पहिचान गर्ने, औषधी तथा अन्य सामग्रीको मौज्दात र आवश्यकताको अवस्थाको बारेमा समेत कार्यक्रममा छलफल गरिएको उहाँले जानकारी दिनुभयो ।

मुख्य समाचार समाचार समाज स्वास्थ्य