मकवानपुरगढीमा एकीकृत पाठ्यकम सम्वन्धी ५ दिने तालिमकाे समापन

मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा एकीकृत पाठ्यकम सम्वन्धी तालिमकाे बिहिवार समापन गरिएको छ ।

मकवानपुगढी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाकाे आयोजनामा ५ दिनसम्म संचालन भएको तालिममा विद्यालयमा हुने एकीकृत पाठ्यक्रम अन्तरगत पठनपाठन र मुल्यांकनका पद्धतिका बारेमा छलफल गरिएको पालिकाका श्रोत शिक्षक एवम् कार्यक्रम संयोजक दाशरथी उपाध्याय (भण्डारी) ले जानकारी दिनुभयो ।

गाउँपालिका भित्रका ३१ वटा विद्यालयबाट शिक्षक-शिक्षिकाहरुको सहभागिता रहेको तालिममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख राम बहादुर घलान, श्रोत शिक्षक दाशरथि उपाध्याय, कार्यालयकी प्रास भगवती घिमिरे, शारदा मावि मकवानपुरगढी-५ का ईन्द्र कार्की, रुपनारायण माविका सविता अधिकारी, हेटौडा क्याम्पसका विवशजंग थापा, सिध्दार्थ माविका खेमराज लामिछाने,भुटनदेवि माविका वेदनाथ काेइरालाले तालिमको सहजीकरण गर्नुभएको थियो ।

बिहिवार भएको तालिम समापन कार्यक्रमकाे अध्यक्षता गाउँपालिकाका शिक्षा शाखा प्रमुख राम वहादुर घलानले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रीन, विशिष्ट अतिथिमा वडा नं ३ का वडा अध्यक्ष भागवत घिमिरे र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की रहनुभएको थियो ।

मुख्य समाचार शिक्षा समाचार समाज स्थानीय