हेटौंडामा दुई दिने खेल पत्रकारिता तालिम सुरु

बागमती प्रदेशको राजधानी हेटौंडामा दुई दिने खेल पत्रकारिता तालिम सुरु भएको छ।

जिल्ला फुटबल संघ मकवानपुरको सहयोग र खेलकुद पत्रकार मञ्च मकवानपुरको आयोजनामा उक्त तालिम गरिएको हो।

तालिमको उद्घाटन एन्फा केन्द्रीय सदस्य एवम् जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टीकाराम लामाले गरेका थिए।

तालिममा फुटबल नियमहरू, प्राविधिक ज्ञान, समाचार लेखन विधि, फुटबल सम्बन्धी सार्वभौमिक मान्यता आदि विषयहरू समावेश रहनेछन्।

मकवानपुरका ३५ जना पत्रकारको उक्त तालिममा सहभागिता रहेको छ।

शुक्रबारसम्म चल्ने तालिमको पहिलो दिन फुटबल विशेषज्ञ सञ्जिव मिश्रले सहजीकरण गरेका थिए।

शनिबार पवन आचार्य र प्रकाश तिमिल्सिनाले फुटबल रिपोर्टिङबारे सहजीकरण गर्नेछन्।

उद्घाटन समारोहमा पत्रकार महासंघ मकवानपुरका पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो।

खेलकुद समाचार