कांग्रेसको काठमाडौं जिल्ला सम्मेलन आज हुँदै

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको जिल्ला सम्मेलन आज हुँदैछ । सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलन रष्ट्रिय सभागृहमा बिहान साढे १० बजेबाट हुने जनाइएको छ । कार्यक्रममा काठमाडौँका दस वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू सहभागी हुनेछन् ।

सम्मेलनले जिल्लामा सङ्गठनको अवस्था, सुधार गर्नुपर्ने पक्षहरू र पार्टीको भावी रणनीतिका विषयमा छलफल गरी निर्णयहरू गर्ने जनाइएको छ ।

साथै उद्घाटन सत्रपछि आजै बन्द सत्र पनि हुनेछ । सम्मेलनमा महामन्त्री गगन थापा र पूर्वमहामन्त्री प्रकाशमान सिंहसहित काठमाडौंका नेताहरूले समेत सम्बोधन गर्नेछन् ।

राजनीति समाचार