छोरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका बाबु धरौटीमा रिहा

हेटौंडा – आफ्नी छोरीलाई निर्घात कुटपिट गरेको आरोपमा पक्राउ परेका एक बाबुलाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गरेको छ।

अदालतले महोत्तरी एकडाँडा गाउँपालिका-३ घर भई हाल हेटौंडा-५ बस्ने २७ वर्षीय रामजी मण्डललाई रु ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

गत पुस २१ गते मण्डलले आफ्नी ४ वर्षीया छोरीलाई पढाउने क्रममा कुटपिट गरेको आरोप लागेको थियो।

प्रहरीका अनुसार, मण्डलले छोरीको मुख र शरीरका विभिन्न भागमा पेन्सिलले घोचेर घाइते बनाएका थिए।

घाइते बालिकाको उपचार हेटौंडा अस्पतालमा भएको थियो। घटनापछि प्रहरीले मण्डललाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो।

मुख्य समाचार समाचार