आज तीन संसदीय समितिको बैठक बस्दै

हेटौंडा -आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज दिउँसो १ बजे बस्नेछ। यस बैठकमा सुरक्षण मुद्रण विधेयकमाथि छलफल हुनेछ।

विधायन व्यवस्थापन समितिको बैठक आज बिहान ११ बजे बस्नेछ। यस बैठकमा ऐन कार्यान्वयन मापन प्रतिवेदनको प्रारम्भिक मस्यौदाबारे छलफल हुनेछ।

यस्तै, आज बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको पनि बैठक बस्नेछ। यस बैठकमा समितिको हालैको भारत भ्रमणबारे जानकारी गराइनेछ।

राजनीति समाचार