नेपाल प्रहरीको विभिन्न पदमा भर्ना खुल्यो

नेपाल प्रहरीको विभिन्न पदमा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त आह्वान गरेको हो ।

खुला तथा समावेशीसहित प्रहरी जवान पदका एक हजार ८५६ पदका लागि आवेदन माग गरिएको छ ।

त्यसैगरी, भान्छेका लागि ६३, हजाम ७ जना, कुचिकार २० जना र खेलाडी १४ जनाका लागि पनि आवेदन आव्हान गरिएको छ ।

खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकाले योग्य उम्मेदवारले आगामी चैत्र ९ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

मुख्य समाचार समाचार समाज