नुवाकोटमा बागमती प्रदेश स्तरीय ट्राफिक सप्ताहको उद्घाटन

हेटौंडा। बागमती प्रदेश स्तरीय ट्राफिक सप्ताहको नुवाकोटमा समुद्घाटन भएको छ। बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग तथा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको समन्वयमा फागुन २ गतेसम्म सञ्चालन हुने भएको ट्राफिक सप्ताहको बिहीबार नुवाकोटको बिदुर  बजारमा उद्घाटन गरिएको हो।

उदघाटन कार्यक्रममा नुवाकोटका प्रजिअ राम प्रसाद अधिकारी, जिल्ला समन्वय प्रमुख रजिन्द्र बिक्रम शाह, जिप्रका नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक संजय सिंह थापा, विभिन्न यातायात व्यवसायी, विद्यार्थी,सरोकारवाला निकायहरुको उपस्थिति  रहेको थियो। कार्यक्रम पुर्व झाकि प्लेकार्ड सहित नगर परिक्रमा गरिएको थियो। उक्त कार्यक्रममा ३५ वटा लामो दुरीका सवारीमा ट्राफिक सप्ताहको व्यानर टास गरिएको थियो भने ट्राफिक गतिबिधिका फोटो प्रदर्शन गरिएको थियो।-prastakhabar

 

प्रदेश समाचार बागमती प्रदेश समाचार