हेटौंडामा बागमती प्रदेश स्तरीय ट्राफिक सप्ताहको उद्घाटन

हेटौंडा ।  हेटौंडामा बागमती प्रदेश स्तरीय ट्राफिक सप्ताहको उद्घाटन गरिएको छ।बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको समन्वयमा फाल्गुण ०२ गते सम्म संचालन हुने बागमती प्रदेश स्तरिय ट्राफिक सप्ताह-२०८० को बिहिबार समुद्‍घाटन कार्यक्रम गरिएको हो।
सप्ताहको बागमती प्रदेशका  आन्तरिक मामिला तथा कानून मन्त्री  गंगा नारायण श्रेष्ठले समुद्घाटन गरेको हुन्।हेटौंडा ११ मा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको प्राङगढबाट विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागितामा प्लेकार्ड, व्यानर सहित बजारमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा बागमती प्रदेश सरकारका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल , हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामा, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सूँर्य प्रसाद सेढाई,बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक विष्णु बहादुर केसी लगायत विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो।

प्रदेश समाचार बागमती प्रदेश समाचार