प्रदेश सरकारलाई अधिवेशन आह्वान गर्न माग गर्ने राप्रपा बागमतीको निर्णय

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेशले प्रदेश सरकारलाई हिउँदे अधिवेशन आह्वान गर्न माग गर्ने निर्णय गरेको छ । राप्रपा बागमती प्रदेश संसदीय दलको शुक्रबार काठमाडौंमा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले जनताहरुको जनजीविका र राष्ट्रिय गौरबको आयोजनाहरुको विषयमा संसदमा तत्काल छलफल गर्न प्रदेश सरकारलाई हिउँदे अधिवेशन बैठक यथासिग्र आह्वान गर्न माग गर्ने निर्णय गरेको दलका नेता उद्धव थावाले जानकारी दिए ।

.

यस्तै, बैठकले प्रदेश सरकारलाई राष्ट्रिय गौरबका आयोजना बाँडफाँड, संसदमा रहेका प्रतिपक्ष दलहरुसँग भएको सहमतिलाई कार्यान्वयन गर्न केहीदिन भित्रै राप्रपा संसदीय दलको तर्फबाट प्रदेश सरकारलाई ज्ञापनपत्र हस्तान्तरण गर्ने निर्णय पनि गरेको उनको भनाई छ ।

चार महिनादेखि प्रदेशसभा बैठक बस्न नसकेको भन्दै बागमती प्रदेशसभाका प्रतिपक्षी दलहरुले सरकारको तीब्र आलोचना गरिरहेका छन् । बागमती प्रदेशसभा गत असोज २२ गते दुइवटा विधेयक पास गरेपछि स्थगित भएको थियो । त्यसयता भने बैठक बस्न सकेको छैन ।

 

प्रदेश समाचार बागमती प्रदेश राजनीति समाचार