बागमती प्रदेशः विश्वविद्यालयको विधान स्वीकृत

बागमती प्रदेश सरकारको मंगलबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदले प्रदेश विश्वविद्यालय स्थापनाका लागि विधान स्वीकृत गरेको छ ।

बैठकले हेटौंडामा सार्वजनिक विश्वविद्यालय स्थापनाको लागि प्रदेश उच्च शिक्षा ऐन २०७८ बमोजिम विश्वविद्यालय स्थापना तथा संचालनको विधान स्वीकृत गरेको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले जानकारी दिए ।

बैठकले प्रदेश सार्वजनिक विश्वविद्यालय स्थापनाको लागि सामाजिक विकास मन्त्रालयलाई संद्धान्तिक स्वीकृती समेत दिएको छ । सोही स्वीकृति अनुसार प्रदेश विश्वविधालयका लागि आवश्यक भौतिक संरचना, जग्गा, मापदण्ड लगायतका विषयमा अध्ययन तथा अनुगमन र कार्यप्रगति मुल्यांकनका लागि मन्त्रिपरिषदले निर्देशन समेत दिएको छ ।

मन्त्रिपरिषद बैठकको निर्णय अनुसार विश्वविद्यालय स्थापनाका लागि आवश्यक पूर्वाधार र मापदण्ड मुल्यांकन गरी थप संरचना निर्माण गरेर अघि बढ्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

प्रदेश समाचार बागमती प्रदेश राजनीति समाचार