राप्रपाले आजबाट जनप्रदर्शनका कार्यक्रम गर्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजबाट जनआन्दोलनको कार्यक्रम गर्दैछ ।

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायत विभिन्न ४० बुँदे माग राखी जनप्रदर्शन गर्न लागेको हो ।

आजबाट काठमाडौंसहित देशभरका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्ने र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तथा दबाबमूलक कार्यक्रम गर्ने जनाइएको छ ।

राप्रपाले यो आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलन भएकाले पार्टीका सबै नेता÷कार्यकर्ताहरूलाई गम्भीर भएर लाग्न निर्देशन दिइसकेको छ ।

मुख्य समाचार राजनीति समाचार