हेटौंडाका विपन्न छात्रालाई जापानमा निःशुल्क अध्ययनको प्रबन्ध मिलाइने

 

जापानको फुकोउकास्थित क्यूसु मेडिकल स्पोट्स भोकेशनल स्कुलले हेटौंडा उपमहानगरपालिकाका १९ जना विपन्न छात्रालाई जापानमा नि:शुल्क अध्ययनको व्यवस्था गर्ने भएको छ।

उपमहानगरका प्रत्येक वडाबाट एक/एक जना गरी १९ जना छात्रालाई उक्त स्कुलले सतप्रतिशत छात्रवृत्तिमा तीन वर्षे केयरगिभर कोर्स अध्ययनका लागि जापान पठाउनेछ।

उनले त्यसका लागि उपमहानगरपालिकाले आर्थिक रुपमा विपन्न छात्राहरुको पहिचान गरी कम्तिमा पनि जापनिज भाषा अध्ययनको प्रबन्ध मिलाइदिनुपर्ने बताए ।

यसबारे बुधबार उपमहानगर उपमेयर राजेश बानियाँ र स्कुल प्रमुखबीच छलफल भएको थियो। छलफलपछि उपमेयर बानियाँले यो विपन्न छात्राका लागि राम्रो अवसर रहेको बताएका छन्।

अन्तराष्ट्रिय मुख्य समाचार शिक्षा समाचार समाज स्थानीय