मकवानपुर जिल्ला अदालतको भवन उद्घाटन

 

मकवानपुर – मकवानपुर जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले गरेका छन्।

नेपाल सरकारको २३ करोड ७७ लाख अनुदानमा निर्माण भएको उक्त ६ तले भवनमा ७ इजलास, चेम्बर, वार्ड कक्ष सहित ६१ कोठा रहेका छन्।

भवनमा दुई विद्युतीय लिफ्ट जडान गरिएको छ। एक न्यायाधीश र कर्मचारीका लागि र अर्को सेवाग्राहीका लागि रहेको जिल्ला अदालतले जनाएको छ।

उद्घाटन समारोहमा प्रधानन्यायाधीशदेखि न्यायाधीश, पदाधिकारी र अन्य वकिलको सहभागिता रहेको थियो। नयाँ भवनले अदालतको कामलाई व्यवस्थित र प्रभावकारी बनाउने बताइएको छ।

मुख्य समाचार समाचार