मुख्यमन्त्री जम्मकटेलद्वारा वडा प्रहरी कार्यालय हेटौंडाको भवन उद्घाटन

हेटौंडा । २०७८ बैशाख २७ गते शिलान्यास भएको हेटौंडा-४ हुप्रचौरमा वडा प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्‍घाटन गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्म्कटेलले बुधबार बिहान ५ तले भवनको उद्‍घाटन गरेका हुन्।

२०७८ बैशाख २७ गते हेटौंडा उपमहानगरपालिकाका तत्कालीन नगर प्रमुख हरिबहादुर महत र बागमती प्रदेश प्रहरी कार्यालयका तत्कालीन डिआइजी बसन्त कुमार लामाले भवनको शिलान्यास गरेका थिए ।हुप्रचौरमा डाटा सेन्टरसंगैको जग्गामा बागमती प्रदेश आन्तरिक मामिला तथा योजना मन्त्रालयको ३ करोड ३६ लाख रूपैयाँको लागतमा कार्यालय, प्रहरी ब्यारेक, युनुवा कक्ष सहितको सुविधा सम्पन्न ५ तल्ले भवन निर्माण भएको हो।

भवन उद्घाटन समारोहमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ, बागमती प्रदेश प्रहरी प्रमुख  प्रहरी नायव महानिरीक्षक विष्णु बहादुर केसी, बागमती प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक रवि कुमार पौडेलहेटौंडा ४ का वडाध्यक्ष नविन सिग्देले मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजाल,वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दाताराम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

मुख्य समाचार समाचार