जनमत पार्टीद्वारा केन्द्रीय समिति बैठक आह्वान

 

काठमाडौं । जनमत पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । आगामी चैत ३ र ४ गते पर्साको वीरगञ्जमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो ।

बैठकमा सरकारको समीक्षालगायत संगठन विस्तारको विषयमा छलफल हुने जनाइएको छ । जनमत पार्टीले मधेश प्रदेश सरकार छाडिसकेको छ । संघीय सरकारलाई निरन्तरता दिए पनि सम्बन्ध राम्रो छैन ।

सो पार्टीले नौलो गणतन्त्रका लागि तेस्रो जनआन्दोलन गर्ने तयारी गरिरहेको छ । बैठकमा सरकारलाई निरन्तरता दिने कि नदिने विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ ।

राजनीति समाचार