नेपालले नामिबियालाई ३ रनले हरायो

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । नामिबियाले भने निर्धारित २० ओभर खेल्दा १ सय ७७ रनमात्रै बनाउन सक्यो ।
नामिबियाका लागि जेजे स्मिथले ५० रन, जन फ्र्यानलिकले ३७ रन, जेन ग्रीनले २३ रन र रुवेन ट्रम्पलम्यानले १४ रन बनाएका थिए। नेपालका लागि करण केसी, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिए भने अभिनाश बोहराले १ विकेट लिए ।
पहिले ब्याटिङ गरेको नेपालका लागि कुशल मल्लले ३७ बलमा ५५ रन जोड्दै अविजित रहे । गुल्सन झाले २६ रन, आरिफ शेखले ३१ रन, अनिल साहले २३ रन, रोहित पौडेलले १० रन र दिपेन्द्र सिंह ऐरीले १६ रन बनाए ।
नामिबियाका लागि बेन सिकंगोले ३, ज्याक ब्रसेलले २ र रुवेन ट्रम्पलम्यान, जन निकोल लोफ्टी इटन र बर्नार्ड स्कल्जले समान १/१ विकेट लिए ।

खेलकुद समाचार