राष्ट्रियसभा: सम्पत्ति शुद्धीकरण विधेयक र राष्ट्रियसभा नियमावली पारित

काठमाडौं । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ ।
कानुन, न्याय तथा संसदीयमा मामिलामन्त्री धनराज गुरुङले सभामा पेश गरेको विधेयक पारित भएको हो ।  विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विधेयकमाथि छलफल भएको थियो । छलफलमा सांसद रमेशजङ्ग रायमाझी र भैरवसुन्दर श्रेष्ठले आफनो धारणा राखेका थिए ।
बैठकले राष्ट्रियसभा (दोस्रो संशोधन) नियमावली, २०८० पनि पारित गरेको छ ।

मुख्य समाचार राजनीति समाचार