सरकारसँग केन्द्रिय दुग्ध सहकारी संघले गरेको सम्झौताको केहि बुँदामा मकवानपुरको असहमती

२० फागुन,हेटौंडा- नेपाल सरकार र केन्द्रिय दुग्ध सहकारी संघ लि. नेपालका बिच दुग्ध आन्दोलनका विषयमा शनिबार भएको ५ बुँदे सहमति प्रति मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले केहि बुँदामा असहमति जनाएको छ ।

आइतबार मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कडेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा केहि बुँदामा असहमति जनाइएको हो ।

यस्तो छ जिल्ला दुग्ध सहकारी संघको विज्ञप्ति :

दुग्ध उत्पादक किसानहरू कृषि तथा पशु ब्यवसाय मार्फत मुलुकको आर्थिक उपार्जनको मेरुदण्डका रुपमा रहेका छन् । जसले मुलुकलाई आर्थिक सामाजिक रुपान्तरणमा टेवा पुर्‍याउँछ तर तिनै किसानको पिंडा प्रति राज्य संवेदनशील नदेखिएकोमा किसान आक्रोशित देखिनु स्वभाविक देखिन्छ , किसानको दुग्धको भुक्तानी समयमा नहुँदा देखिएको निरासा र आक्रोश कम गरी समयमा भुक्तानी दिन, किसानले पाउँदै आएको लिटर अनुदान कायम गर्न र सहकारी मार्फत पशु बिमा लगायतको माग राखि केन्द्रिय दुग्ध सहकारी संघको आयोजनामा विभिन्न चरणको आन्दोलन पश्चात नेपाल सरकार र पशुपंछी विकास मन्त्रालयमा मन्त्रीद्वारा वार्ताको आव्हान भइ केन्द्रिय दुग्ध सहकारी संघका पदाधिकारीहरु सँग भएको सम्झौता प्रति मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

सम्झौतामा उल्लेखित बुँदा नम्बर १ मा पौष मसान्तसम्मको भुक्तानी चैत्र २१ गतेसम्म दिने र बाँकी भुक्तानी निरन्तर दिने भनी उल्लेख भएकोमा यस समयमा चाडपर्व , दुग्ध बिदा लगायतको समय भएका कारण ४० प्रतिशत पनि किसानको भुक्तानी हुँदैन साथै चैत्र २१ गते सम्म झन्डै ३ महिनाको भुक्तानी नहुने हुँदा दुग्ध उत्पादक किसानको समस्या जिउँका तिउँ कायम रहिरहन्छ साथै किसानले पाउँदै आएको प्रति लिटर अनुदानको बारेमा छलफल नै नभएको देखिन्छ । बुँदा नम्बर ४ मा पशुपालक किसानले पालेका पशुपंछीहरुको बिमा दुग्ध उत्पादक सहकारी संस्था मार्फत गर्नुपर्नेमा प्राइभेट बिमा कम्पनी मार्फत नै निरन्तर हुने गरी सम्झौता भएको छ, जुन दुग्ध उत्पादक किसानको हितमा छैन । किसानका प्रतिनिधि भएर पनि समस्या सहि ढंग बाट पहिचान नगरी सम्झौता गरिएको प्रति यस मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ आपत्ति जनाउँदै नेतृत्वलाई खबरदारी गर्दछ ।

साथै मकवानपुरे किसानहरूलाई संयम रहन अनुरोध गर्दै आगामी दिनमा जिल्ला दुग्ध उत्पादक सहकारी संघले आयोजना गर्ने गतिविधिहरुमा यहाँहरुको निरन्तर साथ र सहयोग रहने अपेक्षा गर्दछौं ।

नेपाल सरकार र केन्द्रिय दुग्ध संघ बिच भएको सम्झौता :

मुख्य समाचार समाचार