एकीकृत समाजवादी नयाँ गठबन्धनमा तत्कालै सामेल नहुने

नयाँ सत्ता समिकरण बनेपछि नेकपा एकीकृत समाजवादीले तत्काल नयाँ गठबन्धनमा सामेल नहुने जनाएको छ ।

नेकपा एकीकृत समाजवादीका नेता, एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा एकीकृत समाजवादी तत्काल सामेल नहुने बताए ।

सोमबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पहिले नयाँ गठबन्धनले आफ्नो नीति, कार्यक्रम र चरित्रबारे आफूहरुसँग छलफल गर्नुपर्ने बताए ।

‘नयाँ गठबन्धनको नीति के हुन्छन्, कार्यक्रम के हुन्छन्, प्रक्रिया, चरित्र के हो सबै कुरा थाहा पाउनुपर्यो र थाहा पाउने हिसाबले कुराकानी गर्नुभयो भने हामीले फाइनल दृष्टिकोण बनाउँला’, उनले भने, ‘अहिले हामी वेट एण्ड सी ।’

कांग्रेस–माओवादी–एकीकृत समाजवादीसहितको गठबन्धन टुटिसकेको र आफ्ना मन्त्रीहरु फिर्ता आउने खनालले बताए ।

मुख्य समाचार राजनीति समाचार