हेटौंडाबाट एक जना पक्राउ

मकवानपुरको हेटौंडाबाट प्रहरीले अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब २ किलोसहित एक युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहट माधवनारायण नगरपालिका–१ बस्ने २७ वर्षीय महेशकुमार यादव रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना.६ ख ३५५७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।

समाचार समाज स्थानीय