सार्क कार्यक्रम समितिको बैठक आजबाट सुरु

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) कार्यक्रम समितिको ५९ औँ बैठक आजबाट काठमाडौंमा सुरु भएको छ । अध्यक्ष राष्ट्रको नाताले यो समितिको बैठक नेपालमा बसेको हो ।

सो बैठकमा सार्क सदस्य राष्ट्रका विदेश मन्त्रालयका सहसचिव र महानिर्देशकहरुको सहभागिता रहेको छ ।

.

सार्क सचिवालयको संयोजनमा सुरु भएको यो बैठकमा सार्क शिखर सम्मेलन, सार्क राष्ट्रबीचको सम्बन्धलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

१० वर्षदेखि सार्क संगठनको शिखर सम्मेलन हुन सकेको छैन । सन् २०१४ मा शिखर सम्मेलन भएको थियो । त्यसयता सम्मेलन भएको छैन ।

.

मुख्य समाचार राजनीति समाचार