माटोको ढिस्कोले पुरिएर मकवानपुरका किशोरको मृत्यु

माटोको ढिस्कोले पुरिएर मकवानपुरका एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको भीमफेदी गाउँपालिका–६ घर भएका १६ वर्षीय जसन स्याङ्तान रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, भक्तपुरको चाँगुनारायण नगरपालिका–९, स्थित ताथलीमा ईको भ्यालि रिसोर्ट नजिकै पर्खाल बनाउन जग खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर पुरिँदा स्याङतानको मृत्यु भएको हो ।

उक्त घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

समाचार समाज